सिंहदरबार छिर्नुअघि कांग्रेस मन्त्रीहरू सानेपा र शान्तिवाटिकामा
उपप्रधान एवम शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतले रत्नपार्कको शान्तिवाटीकामा पुगेर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका हुन्।
काठमाडौं, असार ३० : प्रधानमन्त्री केपी ओलीसहितको २२ सदस्यीय मन्त्रिपरिषदमा सामेल भएका कांग्रेसका मन्त्रीहरूले सिंहदरबार छिर्नुअघि पार्टी कार्यालय सानेपामा पुगेर बीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका छन्।
कांग्रेसबाट सरकारमा १० मन्त्री छन्।
उपप्रधान एवम शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालगायतले रत्नपार्कको शान्तिवाटीकामा पुगेर गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका हुन्।

मन्त्रिपरिषदमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेकाहरुलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गरेका हुन्।
नेपालको संविधानको धारा, ७६(२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।
प्रकाशित मिति: १५:११ बजे, सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार