Kathmandu Press

नवनियुक्त अर्थमन्त्री पौडेलद्वारा वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत

सेयर बजार अर्थतन्त्रको ऐना रहेकाले अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताउदै मन्त्री पौडेलले विकास वित्तको विकल्पका रुपमा कार्यविधि आएको बताए। 
नवनियुक्त अर्थमन्त्री पौडेलद्वारा वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत
फाइल तस्बिर।

काठमाडौं, असार ३१ : नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका छन्। 

सोमबार अर्थमन्त्री पौडेलले स्विकृत गरेको कार्यविधिले ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोग सम्बन्धी स्रोत लिन सहज हुनेछ।

सेयर बजार अर्थतन्त्रको ऐना रहेकाले अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताउदै मन्त्री पौडेलले विकास वित्तको विकल्पका रुपमा कार्यविधि आएको बताए। 
 
प्रकाशित मिति: १५:०२ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्