Kathmandu Press

१८ महिना साथ दिने सबैलाई दाहालले दिए धन्यवाद

तेस्रो पटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिलेको उनले उल्लेख गरेका छन्।
१८ महिना साथ दिने सबैलाई दाहालले दिए धन्यवाद

काठमाडौं, असार ३१ : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्नेक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

सोमबार केपी ओलीले प्रधानमन्त्रीको शपथ लिएपछि दाहालले सामाजिक संजालमार्फत सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका हुन्।

Hardik ivf

‘मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुहुने माननीय मन्त्रीज्यूहरू, संघीय संसदका माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेकपा माओवादी केन्द्रलगायत सम्पूर्ण राजनीतिक दलहरूलगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु,’ उनले खेलेको छन्।

तर, नवनियुक्त प्रधानमन्त्री ओलीलाई भने उनले बधाई दिएका छैनन्।

तेस्रो पटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिलेको उनले उल्लेख गरेका छन्।

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्