Kathmandu Press

रविलाई मुकुलको चेतावनी– म अर्को शालिकराम पुडासैनी बन्दिनँ

उनले रवि लामिछानेले आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र परिवार समेतलाई अनेकन आक्षेप लगाउन थालेको आरोप लगाएका छन्।
रविलाई मुकुलको चेतावनी– म अर्को शालिकराम पुडासैनी बन्दिनँ

काठमाडौं, असार ३० : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुकुल ढकालले अर्को शालिकराम पुडासैनी नबन्ने चेतावनी दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै ढकालले यस्तो चेतावनी दिएका हुन्।

उनले रवि लामिछानेले आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र परिवार समेतलाई अनेकन आक्षेप लगाउन थालेको आरोप लगाएका छन्।

‘रवि लामिछानेज्यू आफ्ना भक्तहरू प्रयोग गरेर व्यक्तिगत जीवन र मेरो परिवार समेतलाई अनेकन आक्षेप लगाउन थाल्नु भएछ। तपाईँ आफ्नो स्तर देखाउँदै हुनुहुन्छ,’ उनले लेखेका छन्, ‘तपाईँ जति सक्नुहुन्छ, गर्नुहोस्, मेरो शुभकामना छ । चिन्ता लिनु पर्दैन, मुकुल ढकाल अर्को शालिकराम पुडासैनी बन्दैन।’

प्रकाशित मिति: १३:४० बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्