Kathmandu Press

प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाई

‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु,’ मोदीले लेखेका छन्।
प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाई
फाइल तस्बिर।

काठमाडौं, असार ३१ : नवनियुक्त नेपाली प्रधानमन्त्री केपी ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधार्इ दिएका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत ओलीलाई बधाई दिएका हुन्। ओलीलाई बधाई दिँदै उनले दुई देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको उल्लेख गरेका छन्।

Hardik ivf

‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु,’ मोदीले लेखेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ओलीलाई चौथो पटक प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। नवनियुक्त प्रधानमन्त्री ओलीले केहीबेरअघि राष्ट्रपति पौडेलबाट पद तथा गोपनियताको शपथ लिँदै २२ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका छन्।

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्