Kathmandu Press

प्रधानमन्त्री ओलीले लिए शपथ

उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेषसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।
प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं, असार ३१ : नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेषसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।

Hardik ivf

राष्ट्रपति पौडेलले आइतबार साँझ ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरेका थिए।

असार २८ गते विश्वासको मत पाउन नसेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए।

ओकांग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति असार १७ मा भएसँगै ओलीको चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।

ओली सरकारमा कांग्रस, एमालेसहित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुनेछन्।

प्रकाशित मिति: ११:५५ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्