Kathmandu Press

ओलीको नियुक्तविरुद्ध कानुन व्यवसायी सर्वोच्चमा

ओलीको नियुक्ति कानुन विपरित रहेको भन्दै धिवक्ताहरू दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्च पुगेका हुन्।
ओलीको नियुक्तविरुद्ध कानुन व्यवसायी सर्वोच्चमा

काठमाडौं, असार ३१ : प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीको नियुक्त भएलगत्तै कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेका छन्।

ओलीको नियुक्ति कानुन विपरित रहेको भन्दै धिवक्ताहरू दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ता रिट दायर गर्न सर्वोच्च पुगेका हुन्।

संविधानको धारा ७६ (२) अनुसार आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।

यसअघि नै संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ (३) बमोजिम नयाँ सरकार गठन हुनुपर्ने उनीहरू जिकिर गरेका छन्।

उनीहरूले संविधानतः राष्ट्रपतिले  ७६ (३) बमोजिम संसदको ठूलो दलबाट सरकार गठन प्रक्रियामा जानुपर्ने मागगरेका छन्। 

प्रकाशित मिति: ११:५२ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्