जसपाबाट प्रदीप यादव र नवलकिशोर साह मन्त्री बन्दै, लोसपाबाट शरतसिंह भण्डारी
जसपा यसअघि पुष्पकमल दाहला नेतृत्वको सरकारमै मन्त्री रहेका प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्रिपरियषदमा पठाउने भएको छ।
काठमाडौं, असार ३१ : एमाले अध्यक्ष केपी ओली नेतृत्वमा बन्न लागेको नयाँ सरकार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले २ मन्त्रालय पाएको छ।
जसपा यसअघि पुष्पकमल दाहला नेतृत्वको सरकारमै मन्त्री रहेका प्रदीप यादव र नवल किशोर साह सुडीलाई मन्त्रिपरियषदमा पठाउने भएको छ।
जसपाले ओली सरकारमा प्रदीप यादव खानेपानी मन्त्री बन्ने छन् भने नवलकिशोर साहको मन्त्रालय भने टुंगो लागेको छैन। दाहाल सरकारमा यादव स्वास्यमन्त्री थिए भने साह वनमन्त्री थिएए।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ओली सरकारमा श्रम मन्त्रालय पाएको छ। जसमा उसले शतदसिंह भण्डारीलाई पठाउने निर्णय गरेको छ। भण्डारी यसअघि कांग्रेससहितको दाहाल सकरारमा श्रममन्त्री नै थिए।
प्रकाशित मिति: ११:२१ बजे, सोमबार, असार ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












