Kathmandu Press

ओली सरकारमा कांग्रेसको नेतृत्व प्रकाशमानले गर्ने, लेखक गृह र आरजु परराष्ट्रमन्त्री बन्दै

कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृहमन्त्री बन्दै छन् भने सभापति देउवा पत्नी आरजु राणालाई परराष्ट्र मन्त्रालयको जिम्मा दिइएको छ।
ओली सरकारमा कांग्रेसको नेतृत्व प्रकाशमानले गर्ने, लेखक गृह र आरजु परराष्ट्रमन्त्री बन्दै

काठमाडौं, असार ३१ : एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसको नेतृत्व प्रकाशमान सिंहले गर्नेका छन्।

कांग्रेसले प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिँदै पार्टीको नेतृत्व गर्दै सरकारमा पठाउने भएको हो।

Hardik ivf

कांग्रेसको संस्थान पक्षले ६ मन्त्रीको नाम टुंगो लगाइएको छ। कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृहमन्त्री बन्दै छन् भने सभापति देउवा पत्नी आरजु राणालाई परराष्ट्र मन्त्रालयको जिम्मा दिइएको छ।

त्यस्तै दीपक खड्का उर्जा जलस्रोत तथा सिंचाई, अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला, ऐनबहादुर शाही वनमन्त्री बन्ने भएका छन्।

यस्तै, शेखर कोइराला र महामन्त्री गगन थापा समूह पनि मन्त्रीको नाम टुंग्गो लगाएको छ। यो समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन्।

यस्तै, तेजुलाल चौधरीलाई युवा तथा खेलकुद, बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्ययन र रामनाथ अधिकारी कृषिमन्त्री बन्दैछन्।

 

प्रकाशित मिति: ११:०९ बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्