नारायणी नदीमा अर्को शव भेटियो
भरतपुर महाननगरपालिका–२६ स्थित सिमावारमा उक्त शव भेटिएको चितवन प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं १७ गणबाट खटिएको टोलीले एक पुरुषको शव भेट्टाएको थियो।-1720935631.jpeg)
चितवन, असार २८ : चितवनको सिमावारमा नारायणी नदीले बगाएर ल्याएको अर्को एउटा शव भेटिएको छ।
भरतपुर महाननगरपालिका–२६ स्थित सिमावारमा उक्त शव भेटिएको चितवन प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं १७ गणबाट खटिएको टोलीले एक पुरुषको शव भेट्टाएको थियो।
शवको पहिचान हुन भने बाँकी छ। चितवनको सिमलतालमा असार २८ पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशूलीमा खसेका थिए।
पछिल्लोपल्ट भेटिएको उक्त शव पनि गाडी दुर्घटनामा हराएका यात्रुमध्येको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
दुईवटा बस त्रिसुलीमा बगेपछि हराएका यात्रुमध्ये ५ जनाको सनाखत भइसकेको छ। दुईवटा बसमा ६५ जना यात्रु रहेको पष्टी प्रहरीले गरेको छ।
प्रकाशित मिति: १७:५० बजे, आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












