ओली प्रधानमन्त्री नियुक्त, शपथ भोलि ११ बजे
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
काठमाडौं, असार ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
राष्ट्रपतिको आह्वान लगत्तै ओलीले एमालेका साथै नेपाली कांग्रेसलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।
प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ।
प्रकाशित मिति: १७:३७ बजे, आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












