Kathmandu Press

कांग्रेस संस्थापनइतरले टुंग्यायो मन्त्रीको नाम

इतर समूहले सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी रामनाथ अधिकारी, काठमाडौंबाट निर्वाचित प्रदीप पौडेल र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतको दाबी छ।
कांग्रेस संस्थापनइतरले टुंग्यायो मन्त्रीको नाम

काठमाडौं, असार ३० : नेपाली कांग्रेसको संस्थापनइतर समूहले नयाँ सरकारमा मन्त्री बन्नेको नाम टुंगो लगाएको छ।

स्रोतका अनुसार डा.शेखर कोइरालाको सचिवालय विशालनगरमा आइतबार बसेको  इतर समूहको बैठकले टुंगो लगाइएका नामे सभापति शेरबहादुर देउवासमक्ष सिफारिस गरेका छन्।

इतर समूहले सुर्खेतबाट निर्वाचित सांसद हृदयराम थानी, धादिङबाट विजयी रामनाथ अधिकारी, काठमाडौंबाट निर्वाचित प्रदीप पौडेल र सप्तरीबाट विजयी तेजुलाल चौधरीको नाम सिफारिस गरिएको स्रोतको दाबी छ।

मन्त्री बन्न सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार मुख्य आकांक्षी थिए। तर, उनीहरूलाई छानिएन।
 
प्रकाशित मिति: १६:३६ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्