Kathmandu Press

नेप्से परिसूचक ५२ अंकले बढ्यो, कारोबार रकम पनि बढ्याे

आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता शेयर ९६ हजार दुई सय ७४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० बराबरको कारोबार भएको छ।
नेप्से परिसूचक ५२ अंकले बढ्यो, कारोबार रकम पनि बढ्याे

काठमाडौं, असार ३० : साता कारोबारको पहिलो दिन नेप्से परिसूचक उच्च अंकको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्से परिसूचक ५२ दशमलव ९७ अंकले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ।

आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता शेयर ९६ हजार दुई सय ७४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० बराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बैंकिङ तीन दशमलव ७४ र जलविद्युत् समूह ३.३० प्रतिशतले बढेको छ। विकास बैंक १.२०, वित्त १.३३, होटल तथा पर्यटन १.०७, लगानी १.३० र जीवन बीमा समूह २.०५ प्रतिशतले बढेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन २.६६, लघुवित्त ०.८२, म्युचुअल फन्ड १.७४, निर्जीवन बीमा १.२६, व्यापार २.२१ र अन्य समूह १.९९ प्रतिशतले बढेको छ।

रिदी पावर कम्पनी लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव १२ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स लिमिटेडको २४ करोड २७ लाख ५८ हजार पाँच सय ७२ बराबरको कारोबार भएको छ।

त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई लिमिटेड प्रमोटर शेयर २० लाख ७५ हजार एक सय दुई कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्