Kathmandu Press

‘सरकारले मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोज्यो’

‘मानव अधिकार संरक्षणमा कसरी अगाडि बढ्न सकिन्छ भनेर काम गरिरहेका छौं,’ उनले भने, ‘सरकारले त राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोज्छ। संकुचन गर्न खोज्छ, त्यसैले यस विषयमा छलफल गर्नुपर्ने आवश्यक्ता छ।’
‘सरकारले मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोज्यो’

काठमाडौं, असार ३० : राष्ट्रिय मानव आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोजेको बताएका छन्।

आइतबार आयोगको मस्यौदा विधेयक परामर्श कार्यक्रममा उनले मानव अधिकार संरक्षणका विषयमा आफू गम्भीर रहेको भन्दै सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई संकुचन गर्न खोजेको गुनासो गरे।

Hardik ivf

‘मानव अधिकार संरक्षणमा कसरी अगाडि बढ्न सकिन्छ भनेर काम गरिरहेका छौं,’ उनले भने, ‘सरकारले त राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोज्छ। संकुचन गर्न खोज्छ, त्यसैले यस विषयमा छलफल गर्नुपर्ने आवश्यक्ता छ।’

अध्यक्ष मगरले आयोगले भइरहेको ऐनमा सुधार, कर्मचारीहरुको ऐन र मानव अधिकार रक्षकहरु सम्बन्धी तीनवटै ऐन बनाउनुपर्ने अवस्था भएतापनि तीनवटा ऐन बनाएर लैजान नसकिने बताए।

उनले तीनवटा ऐन छुट्टै लैजाँदा अफठ्यारो भएका कारण तीनवटै ऐनलाई एकैठाउँमा लिएर जाने बताए।

प्रकाशित मिति: १६:११ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्