Kathmandu Press

रियल मड्रिडका लुका जोभिक र प्रिजोभिक नजरबन्दमा

काठमाडौं, चैत २४ : सर्बियाले आफ्नो दुई फुटबलर स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर लुका जोभिक र साउदी अरेबियाको क्लब अल इत्तिहादका अलेक्जेन्डर प्रिजोभ....

रियल मड्रिडका लुका जोभिक र प्रिजोभिक नजरबन्दमा

काठमाडौं, चैत २४ : सर्बियाले आफ्नो दुई फुटबलर स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर लुका जोभिक र साउदी अरेबियाको क्लब अल इत्तिहादका अलेक्जेन्डर प्रिजोभिकलाई नजरबन्दमा राखेको छ। 

कोरोना भाइरसको महामारीका बेला लकउडान तोकेको भन्दै सर्बिया सरकारले उनीहरुलाई तीन महिना नगरबन्दमा राख्न आदेश दिएको हो।

कोरोना भाइरस संकट सुरु भएसँगै सर्बिया फर्किएका २९ वर्षीय स्ट्राइकर प्रिजोभिकलाई गत शनिबार बेलग्रेडको एक होटलबाट प्रहरीले पक्राउ गरेको थियो । 

उनीसँगै सोही होटलमा भेला भएका अन्य १९ जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो। सबैलाई ३ महिना नजरबन्दमा राखिएको छ। 

रियलका स्ट्राइकर जोभिकलाई भने गत साता लकडाउन तोड्दै एक क्याफेमा प्रेमिकाको जन्मदिन पुगेपछि पक्राउ गरेको थियो। उनलाई पनि तीन महिना नजरबनदको सजाय दिइएको छ। 

सर्बियामा लकडाउन तोडे ३ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।

प्रकाशित मिति: १३:२९ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्