त्रिभुवन विश्वविद्यालय सभा स्थगित
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिएका छन्।
काठमाडौं, असार ३० : सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालयको सभा स्थगित भएको छ।
त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिएका छन्।
असार ३१ गते सोमबारका लागि त्रिविसभाको बैठक डाकिएको थियो। उक्त सभाका लागि प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको हो।
यसअघि त्रिविका कुलपति एवम् प्रधानमन्त्रीले त्रिविसभा असार ३१ गते गर्ने निर्णय गरेका थिए।
प्रकाशित मिति: १५:०३ बजे, आइतबार, असार ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार