Kathmandu Press

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग खेल्ने

कोलम्बिया समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । कोलम्बियाले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्यो । 
उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग खेल्ने

काठमाडौँ, असार २७ : कोपा–अमेरिका फुटबलमा उरुग्वेलाई हराउँदै कोलम्बिया फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको ४८औँ संस्करणमा  आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले १–० गोलअन्तरले उरुग्वेलाई हराएको हो ।कोलम्बियाको जितमा जेफरसन लेर्माले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अव उपाधिको लागि कोम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ । 

Hardik ivf

कोलम्बिया समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । कोलम्बियाले तीनमध्ये दुई खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकाल्यो । 

कोलम्बियाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई २–१ गोलले हराएको थियो । कोलम्बियाले दोस्रो खेलमा कोस्टा रिकालाई ३–० गोलले पराजित गरेको थियो ।

तेस्रो खेलमा भने कोलम्बियाले बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १–१ गोलको बराबरीमा रोकेको थियो । समूहगत चरणमा कोलम्बियाले ६ गोल गरेको थियो भने केवल दुई गोल खाएको थियो । 

कोलम्बियाले हालसम्म एकपटक मात्र कोपा–अमेरिकाको उपाधि उचाल्न सकेको छ । कोलम्बियाले सन् २००१ मा कोपा–अमेरिकाको उपाधि जितेको थियो । त्यतिबेला घरेलु मैदानमा खेलिएको फाइनलमा कोलम्बियाले मेक्सिकोलाई १–० गोलले हराएको थियो । 

लियोनल मेस्सीको कप्तानमा रहेको अर्जेन्टिना भने यसअघि नै फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी क्यानडालाई २–० गोलले हराएको थियो । 

प्रकाशित मिति: ०८:३४ बजे, बिहीबार, असार २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्