Kathmandu Press

मुकुलकाे आरोप- सहकारी मात्र हाेइन रविले पार्टीलाई पनि ठगे

‘हिजो उहाँले कुनै सहकारीबाट ऋण लिएको छैन र आफूविरुद्ध जाहेरी पनि छैन भनिरहनुभएको थियो। तर सर्वोच्च अदालतले उहाँमाथि गम्भीर प्रश्न उठाएको छ,’ ढकालले भने, ‘त्यसकारण पार्टीबाटै उच्चस्तरीय समिति बनाएर उहाँमाथि छानबिन गर्नुपर्छ।’
मुकुलकाे आरोप- सहकारी मात्र हाेइन रविले पार्टीलाई पनि ठगे

काठमाडौं, असार २६ : कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेले सहकारीमा जस्तै पार्टीभित्र पनि अपरादर्शी आर्थिक गतिविधि गरिरहेको आरोप छन्।

बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो आरोप लगाएका हुन्। पार्टीभित्र पनि अपारदर्शी आर्थिक क्रियाकलाप गरेको दाबी ढकालको छ ।

‘रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्। उहाँले आफूलाई ऋण छ भनेर पार्टीको कोषबाट रकम लग्नुभयो,’ उनले भने। ढकालले केन्द्रीय समितिको निर्णयबिना कुनै ऋण वा लगानी गर्न नपाइने बताए।

लामिछानेमाथि सहकारीसँगै पासपोर्ट प्रकरणमा पनि छानबिन हुनुपर्ने माग पनि उलने गरेका छन्। छानविनका लागि उच्चस्तरीस्य समिति गठन हुनुपर्ने उनको माग छ।

सर्वोच्च अदालतले नै अनुसन्धान गर्न भनेको समरण गराउँदै उनले छानबिन समिति गठनको माग गरेका हुन्। पार्टीका जिम्मेवार पदाधिकारीलाई कुनै भुक्तानी नदिने र पारदर्शी रूपमा हरहिसाब राखेर मात्र खर्च गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ।

‘हिजो उहाँले कुनै सहकारीबाट ऋण लिएको छैन र आफूविरुद्ध जाहेरी पनि छैन भनिरहनुभएको थियो। तर सर्वोच्च अदालतले उहाँमाथि गम्भीर प्रश्न उठाएको छ,’ ढकालले भने, ‘त्यसकारण पार्टीबाटै उच्चस्तरीय समिति बनाएर उहाँमाथि छानबिन गर्नुपर्छ।’

लामिछानेसँग अहिले पनि दुईवटा राहदानी रहेको भन्दै यस विषयमा पार्टीबाट छानबिन हुनुपर्ने माग उनको छ।

प्रकाशित मिति: १६:४९ बजे, बुधबार, असार २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्