Kathmandu Press

नयाँ अध्ययन भन्छ- कोरोनाभाइरसको सम्भावित खोपले भाइरसविरूद्ध लड्ने पर्याप्त एन्टिबडी उत्पादन गर्छ

अमेरिकी वैज्ञानिकले कोरोनाभाइरसको सम्भावित खोप विकास गरेका छन्। पहिलो “पियर रिभ्यु” अनुसन्धानका अनुसार उक्त खोपले कोभिड १९ सँग लड्ने एन्टिबडी उत्पादन गरेको....

नयाँ अध्ययन भन्छ- कोरोनाभाइरसको सम्भावित खोपले भाइरसविरूद्ध लड्ने पर्याप्त एन्टिबडी उत्पादन गर्छ

अमेरिकी वैज्ञानिकले कोरोनाभाइरसको सम्भावित खोप विकास गरेका छन्। पहिलो “पियर रिभ्यु” अनुसन्धानका अनुसार उक्त खोपले कोभिड १९ सँग लड्ने एन्टिबडी उत्पादन गरेको पत्ता लागेको छ।

पिट्सबर्ग विश्वविद्यालयको स्कूल अफ मेडिसिनका अनुसन्धाताले मूसामा खोपको परीक्षण गरेका थिए। परीक्षणको क्रममा खोप लगाएको दुई साताभित्र भाइरस “न्यूट्रलाइज” गर्न पर्याप्त मात्रामा एन्टिबडी उत्पादन भएको पाइएको छ। अब उनीहरू युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको अनुमति लिने तयारीमा छन्। आउने केही महिनामा व्यक्तिमा पनि परीक्षण हुनेछ।

अघिल्लो महिना सियाटलमा पहिलो पटक व्यक्तिमा खोपको परीक्षण सुरू भएको थियो। खोपको प्रभावकारिता र सुरक्षा जाँच्न पशुमा गरिने परीक्षण नगरी अमेरिकी अनुसन्धाताहरूको एउटा टोलीले त्यसो गरेको हो।

Hardik ivf

विश्वका दर्जनौं अन्य समूह पनि खोप बनाउन व्यस्त छन्। तर अन्य वैज्ञानिकहरूको समीक्षापछि कोभिड १९ को खोपसम्बन्धी अध्ययन पिट्सबर्ग विश्वविद्यालयले पहिलो पटक प्रकाशन गरेको हो। सन् २००३ मा सार्स र सन् २०१४ मा मर्सको महामारीताका अध्ययनको जग बसाल्ने काम पहिले नै भइसकेकाले उनीहरूको काम छिटो भएको हो।

“कोभिड १९ सँग नजिक यी दुई भाइरसले स्पाइक प्रोटिन भनिने विशेष प्रकारको प्रोटिनले प्रतिरोधात्मक क्षमता बढाउने देखाएको छ। नयाँ भाइरससँग कहाँ लड्ने हामीलाई ठ्याक्कै थाहा थियो,” पिट्सबर्ग स्कूल अफ मेडिसिनको शल्यक्रियाका सहायक प्राध्यापक आन्ड्रिया ग्याम्बोट्टोले भने।

पिट्कोभ्याक नाम दिइएको उक्त खोपमा रोग प्रतिरोधात्मक क्षमता बढाउनलाई फ्लुमा जस्तै प्रयोगशालामा बनाइएको भाइरल प्रोटिन प्रयोग गर्दछ। खोपको प्रभावकारिता बढाउनलाई अनुसन्धाताहरूले नयाँ विधि पनि प्रयोग गरेका छन्। नयाँ विधि अनुसार चार सय ओटा माइक्रोनिडल भएको औंलाको टुप्पोजत्रो प्याचले स्पाइक प्रोटिनलाई छालामा प्रवेश गराउँछ जहाँ प्रतिरोधी क्षमता सबैभन्दा बलियो हुन्छ। सो प्याच प्लास्टरजस्तै टाँसिन्छ र चिनी तथा प्रोटिनले बनेका सुँई छालामै बिलाउँछन्।

अनुसन्धाताले उनीहरूको प्रणालीलाई प्रोटिनको औद्योगिक उत्पादनका लागि समेत प्रयोग गर्न मिल्ने बताएका छन्। विश्वभरि लाखौं डोज उत्पादन गर्नुपर्ने हुन्छ।
उत्पादनपछि पिटकोभ्याकलाई कोठाको तापक्रममा राख्न सकिन्छ। ढुवानी वा भण्डारणका लागि चिस्यान वा रेफ्रिजरेसन गर्नुनपर्ने अनुसन्धाताले बताएका छन्। मुसामा गरिएको परीक्षणमा पिटकोभ्याक माइक्रोनिडल लगाएको दुई साताभित्र एन्टिबडीको उत्पादनमा वृद्धि भएको थियो।

परीक्षणमा प्रयोग गरिएका मूसामा कम्तिमा एक वर्षसम्म भाइरस “न्यूट्रलाइज” गर्ने एन्टिबडी उत्पादन भएको पाइएको छ। गाम्मा विकिरणले निर्मलीकरण गरेपनि कोभिड १९ को माइक्रोनिडल खोप प्रभावकारी नै रहेको अनुसन्धाताले बताए।

व्यक्तिमा परीक्षण गर्नुपूर्व यो एउटा महत्वपूर्ण चरण हो । बिरामीको परीक्षणका लागि भने कम्तिमा एक वर्ष र अझै धेरै पनि लाग्नसक्ने अनुसन्धाताले बताए। अष्ट्रेलियाका वैज्ञानिकहरूले पनि अर्को खोपको परीक्षण गरिरहेको बताए।

आउने केही सातामा अक्सफोर्ड विश्वविद्यालको एउटा टोलीले व्यक्तिमा परीक्षण सुरू गर्ने बताएको छ।
दि इन्डीपेण्डेन्ट

प्रकाशित मिति: ०६:४३ बजे, सोमबार, चैत २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्