Kathmandu Press

कोठामै क्रिकेट खेल्दै पिटरसन

काठमाडौं, चैत २३ : कोरोना भाइरसका कारण अहिले पुरा विश्व ठप्प छ। अधिकांश देशमा लकडाउन गरिएको छ। मानिसहरुको दैनिक घरभित्रै सीमित बनेको छ। लकडाउनको यो अव....

कोठामै क्रिकेट खेल्दै पिटरसन

काठमाडौं, चैत २३ : कोरोना भाइरसका कारण अहिले पुरा विश्व ठप्प छ। अधिकांश देशमा लकडाउन गरिएको छ। मानिसहरुको दैनिक घरभित्रै सीमित बनेको छ। लकडाउनको यो अवस्थालाई सबैले आ–आफ्नो तरिकाले उपयोग गरिरहेका छन्। 

इंग्ल्यान्डका पूर्वकप्तान तथा विष्फोटक ब्याट्सम्यान केभिन पिटरसनले पनि लकडाउनलाई सदुपयोग गरेका छन्, कोठामै क्रिकेट खेलेर। पिटरसनले घरमै क्रिकेट खेलेको भिडियो इन्स्टाग्राममा पोस्ट गरेपछि सोसल मिडियामा उनको चर्चा चुलिएको छ। 

भिडियोमा पिटरसन पुरै क्रिकेटको किटका साथ देखिएका छन्। सट प्रहार गर्छन् र नजिकै रहेको ट्रेडमिलमा रनका लागि दौडन्छन्। भिडियो सेयर गर्दै पिटरसनले भिडियो आफूले नखिचेको बताएका छन्। उनले यो भिडियो अरु कसैले वाट्सएपमा पठाइदिएको बताएका छन्। भिडियो जसले पठाए पनि उ ‘जिनियस’ भएको उनले लेखेका छन्।

कोठामै क्रिकेट अभ्यास गरिरहेको यो भिडियो पिटरसनले शनिबार इन्स्टामा पोस्ट गरेका थिए। पिटरसनको यो भिडियो साढे पाँच लाखभन्दा बढीले हेरेका छन् भने २ हजार बढीले कमेन्ट गरेका छन्।

दक्षिण अफ्रिकामा जन्मिएका ३९ वर्षीय पिटरसन सन् २०१४ देखि इंग्ल्यान्डको टिमबाट बाहिर रहँदै आएका छन्। क्रिकेट बोर्ड र प्रशिक्षकसँग विवदामा मुछिएपछि फर्म रहँदारहँदै पनि पिटरसन टिमबाट बाहिरिन बाध्य भएका थिए। उनले इंग्ल्यान्डका लागि १०४ टेस्ट, १३६ एकदिवसीय र ३७ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

प्रकाशित मिति: १५:३० बजे, आइतबार, चैत २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्