Kathmandu Press

कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश

अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत आइतबार विहान भएको खेलमा पानामामाथि ५–० गोलको एकतर्फी जित निकाल्दै कोलम्बियाले अन्तिम चारमा स्थान पक्का गरेको हो । 
कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश

काठमाडौं, असार २३ : कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । 

अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत आइतबार विहान भएको खेलमा पानामामाथि ५–० गोलको एकतर्फी जित निकाल्दै कोलम्बियाले अन्तिम चारमा स्थान पक्का गरेको हो । 

Hardik ivf

पहिलो हाफमा ३ गोल गरेको कोलम्बियाले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । जोन एन्ड्रेस क्रोडोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । १५ औं मिनेटमा कोलम्बियाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनायो । 

कोलम्बियाका जेम्स रोड्रिगेजले पेनाल्टीमा गोल गरेका थिए । ४१ औं मिनेटमा लुइस डियाजले गोल गरेपछि कोलम्बियाले पहिलो हाफमा ३–० को अग्रता लियो । दोस्रो हाफको ७० औं मिनेटमा रिचार्ड रियोसले गोल गरेपछि कोलम्बिया एकतर्फी र फराकिलो जिततर्फ अग्रसर बन्यो । 

अतिरक्त समयको चौथो मिनेटमा कोलम्बियाका लागि मिगुएल ब्रोजाले गोल गरेपछि अन्ततः खेलको नतिजा ५–० का निस्कन पुग्यो ।
कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेको विजेतासँग खेल्ने छ । 

प्रकाशित मिति: ०८:०६ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्