Kathmandu Press

इंग्ल्याण्ड र नेदरल्याण्ड्स युरोकप २०२४ को सेमिफाइनलमा 

गएराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । 
इंग्ल्याण्ड र नेदरल्याण्ड्स युरोकप २०२४ को सेमिफाइनलमा 

काठमाडौं, असार २३ : इंग्ल्याण्ड जारी युरोकप २०२४को सेमिफाइनलमा प्रवेश गरेको छ । 

गएराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित र थप गरिएको समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । 

Hardik ivf

७५ औं मिनेटमा स्वीट्जरल्याण्डका ब्रेल डोनाल्डले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर उक्त अग्रता स्वीट्जरल्याण्डले धेरै बेर टिकाउन सकेन । 

८० औं मिनेटमा डक्लन राइसको पासमा बकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । 

जसमा इंग्ल्याण्डका सबै खेलाडीले गोल गर्दा स्वीट्जरल्याण्डका म्यानुएल अकांजीले गरेको प्रहार विफल भएको थियो । स्वीट्जरल्याण्डका फावियन स्केचर, जेरदन शाकिरी, मोहमेद अमदुनीले भने गोल गरेका थिए । इंग्ल्याण्डका कोल पालमर, जुड बेलिङघम, बकायो साका, इभान टोनी र ट्रेन्ट आर्नोल्डको प्रहार गोलमा परिणत भयो ।

यस्तै, युरो कपको अर्को खेलमा नेदरल्याण्ड्सले टर्कीलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । ३५ औं मिनेटमा टर्कीका लागि स्मेट एकेडिनले गोल गर्दै अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा स्टेफन डी भ्रिजले गोल गर्दै नेदरल्याण्ड्सलाई बराबरीमा ल्याए । ७६ औं मिनेटमा नेदरल्याण्ड्सले उपहार गोल पायो । टर्कीका मेर्ट मुलडरले आफ्नै पोस्टमा गोल गरेपछि नेदरल्याण्ड्स २–१ ले विजयी भयो । दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा टर्कीका ब्रेटु अगुरो रातो कार्ड पाउँदै मैदान छाडेर १० खेलाडीमा समेटिए पनि त्यसको असर खेलको नतिजामा परेन ।

शनिबार रातिको खेलसँगै युरोकपको  सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सेमिफाइनलमा इंग्ल्याण्डले नेदरल्याण्ड्ससँग खेल्ने छ । यसैगरी अर्को सेमिफाइनलमा स्पेन र फ्रान्स आमने सामने हुने छन् ।
 

प्रकाशित मिति: ०७:४१ बजे, आइतबार, असार २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्