Kathmandu Press

च्याम्पियन्स लिगका बारेमा थुप्रै विकल्प छन् : युइएफए अध्यक्ष

काठमाडौं, चैत २३ : विश्व नै कोरोनाको मारमा परेपछि युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिता च्याम्पियन्स लिग अहिले अनिश्चितकालका लागि स्थागित गरिएको छ। अ....

च्याम्पियन्स लिगका बारेमा थुप्रै विकल्प छन् : युइएफए अध्यक्ष

काठमाडौं, चैत २३ : विश्व नै कोरोनाको मारमा परेपछि युरोपको सबैभन्दा ठूलो क्लब प्रतियोगिता च्याम्पियन्स लिग अहिले अनिश्चितकालका लागि स्थागित गरिएको छ। अन्य प्रतियोगिताहरु जस्तै च्याम्पियन्स लिगको यो सिजन पुरा हुने/नहुनेमा अझै द्विविधा कायमै छ।

यही द्विविधाकाबीच युरोपियन फुटबल एसोसिएन (युइएफए)का अध्यक्ष अलेक्जेन्टर कफेरिनले च्याम्पियन्स लिगका बारेमा थुप्रै विकल्पहरू रहेको बताएका छन्। कफेरिनले युरोपका अधिकांश लिगहरु अनिश्चितकालका स्थागित भएको र युरोकप पनि सरिसकेकाले च्याम्पियन्स लिग सक्न समय भएको बताएका छन्।

‘च्याम्पियन्स लिग र युरोपा लिग सुरु गर्न हामीसँग धेरै विकल्प छन्। हामीले जुनको अन्त्यमा लिग सक्ने विषयमा पनि सोचिरहेका छौं। तर, अहिले नै भन्न सकिने अवस्था छैन। त्यती वेलासम्म कोरोनाको अवस्था कस्तो हुन्छ, त्यसैमा निर्भर गर्छु,’ युइएफए अध्यक्ष कफेरिनले भनेका छन्, ‘दुवै लिग मे, जुन या जुलाईमा पनि हुन्छ सक्छ। तर, हामीले अगस्तको पहिलो सातासम्म लिग सक्नुपर्छ।’

उनले अगस्तको पहिलो सातासम्म पनि लिन सकिने अवस्था नआएर लिग रोक्ने विकल्पमा पनि छलफल भइरहेको बताएको छन्। लिग सक्नका लागि नकआउट चरणको स्वरुप परिवर्तनका विषयमा पनि आफूले सोचिरहेको उनले बताएका छन ।

‘लिग सक्न नकआउट चरणको ढाँच परिवर्तन हुन सक्छ। दुई लेगको सट्टा एउटा लेग मात्र गराउन सकिन्छ’, कफेरिनले भने, ‘क्वार्टरफाइनल र सेमिफाइलनका खेलहरु एउटै शहरमा गर्न पनि सकिन्छ। तर यसका लागि सरकारको निर्णय पनि महत्वपूर्ण छ। विषम परिस्थितमा हामी लचिलो हुनुपर्छ।’

अहिलेको अवस्थामा हतार गर्नु उचित नहुने पनि उनले बताएका छन्। ‘हतारमा अहिले हामीले जे निर्णय गर्छौं, त्यसले खेल, खेलाडी र समर्थकको स्वास्थ्यमा खतरा पु¥याउन सक्छ। त्यसैले निर्णय सोच विचार गरेर मात्र गर्नुपर्छ। यदि अवस्था सुरक्षित छ भने हामीलाई खेल सुरु गर्न कुनै अप्ठ्यारो छैन,’ अध्यक्ष कफेरिनले भने।
 

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, चैत २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्