बजार नपाएपछि सिमीसँग चामलसँग साट्दै रुकुमपूर्वका कृषक
रुकुम पूर्व, चैत २३ : रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ। किसानले एक पाथी चामल बराबर त्यति नै सिमी सा....

रुकुम पूर्व, चैत २३ : रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ। किसानले एक पाथी चामल बराबर त्यति नै सिमी साट्ने गरेका छन्।
सिस्ने गाउँपालिकाको वडा नम्बर १ का प्राय सबै ठाउँमा सिमी फल्छ। सिस्ने गाउँपालिका १ का मनराज बुढाले प्रशस्त मात्रामा सिमी उत्पादन भएपनि बजार नपाउँदा चामलसँग साट्न थालिएको बताए। स्थानीय शिक्षक तथा व्यापरीले चामलसँग सिमी साटेर बजारसम्म पुर्याउने गरेका छन्। चामलसँग साट्दा सिमीको कम मूल्य पर्ने गरेको कृषक बताउँछन्।
व्यापारीले दुई बोरा चामल दिएपछि आफुले एक बोरा सिमी दिने गरेको र त्यो सिमी व्यापारीले दोब्बर मूल्यमा बेच्ने गरेको कृषक बताउँछन्। गाउँबाट चामलसँग साटेर ल्याएको सिमी व्यापारीले बजारमा ६ सयदेखि १ हजार रुपैयाँ प्रतिपाथी बेच्ने गरेका छन्।
जिल्लाको अधिकांश क्षेत्रमा धान उत्पादन हुँदैन, मुख्य खाद्यान्न बाली भनेकै मकै, गहुँ, आलु हो। भात खानकै लागि कृषकले उत्पादित सिमी साटेर चामल लिने गर्छन। गाउँको उत्पादनले भनेजस्तो बजार नपाएको सिस्ने गाउँपालिका १ का वडा अध्यक्ष मानबहादुर बुढा बताउँछन्।
सडकसञ्जालमा नजोडिएको त्यस क्षेत्रमा उत्पादन हुने हरेक बस्तुले बजार पाउन सकेको छैन। प्रशस्त उत्पादन हुने आलु पनि बजार पुर्याउन नसक्दा कुहिएर खेर जाने गरेको छ।










-1754206481.jpg)
