Kathmandu Press

युरोकपको क्वाटरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै

आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुँदै छ । स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनमा पुगेको हो ।
युरोकपको क्वाटरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै

काठमाडौं, असार २१ : जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदै छन् । 

आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि शुरु हुँदै छ । स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनमा पुगेको हो ।

Hardik ivf

त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनमा पुगेको हो । स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ । 

स्पेन र जर्मनीबीच अहिलेसम्म २६ खेल भएका छन् । जसमा जर्मनीले ९ खेल जितेको छ भने स्पेनले ८ खेल जितेको छ । त्यस्तै ९ खेल बराबरीमा सकिएका छन् ।

युरोकपमा अहिलेसम्मको स्पेनले तीन पटक युरोकपको उपाधि जितेको छ । स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

त्यसैगरी यस युरोकपको आयोजक समेत रहेको जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो ।

प्रकाशित मिति: ०८:१२ बजे, शुक्रबार, असार २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्