Kathmandu Press

एकीकृत समाजवादीकाे अध्यक्षमा माधव नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत

माधव नेपालालाई अध्यक्षमा सर्वसम्मत हुँदा अध्यक्षमा दाबी गरिरहेका धनश्याम भुसाललाई महासचिव र झलनाथ खनालाई सम्मानित नेता बनाइएको छ।
एकीकृत समाजवादीकाे अध्यक्षमा माधव नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत

काठमाडौं, असार २० : नेकपा एकीकृत समाजवादीको १०औं महाधिवेशनले माधव नेपालालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

यस्तै, अध्यक्षमा दाबी गरिरहेका धनश्याम भुसाललाई सर्वसम्मरुपमा महासचिव बनाउने निर्णय भएको छ। यस्तै, झलनाथ खनालाई सम्मानित नेता बनाइएको छ।

Hardik ivf

आज समाजवादीको नेतृत्व चयनका लागि निर्वाचन हुने तालिका थियो। तर, बिहानै नेतृत्व सर्वसम्मत चयन गर्ने भन्दै उम्मेदवारी दर्ताको कार्यक्रम स्थगित गरिएको थियो।

शीर्ष नेताहरुबीचको दिनभरको छलफलपछि समावादीले सर्वसम्मत नेतृत्व चयन गरेको छ।

यस्तै, अन्य पदमा क–कसलाई पठाउने भन्ने निर्णय सचिवालयले गर्नेछ।

प्रकाशित मिति: १८:०४ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्