Kathmandu Press

समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको बताउँदै भुसालले प्रधानमन्त्री दाहालले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन समेत फिर्ता नलिने बताए।
समाजवादीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौं, असार २० : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ।

महाधिवेशन स्थल प्रज्ञा भवनमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महासचिव धनश्याम भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई भएको र विश्वासको मत लिए समाजवदाीले पक्षमा मतदान गर्ने बताए।

Hardik ivf

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको बताउँदै भुसालले प्रधानमन्त्री दाहालले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन समेत फिर्ता नलिने बताए।

नयाँ बन्न लागेको गठबन्धनले संविधान संशोधनको मुद्दा स्पष्ट रूपमा बाहिर नल्याएको बताउँदै त्यो स्पष्ट रूपमा आए पार्टीमा छलफल चलाउने उनले बताए।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरण बनाउने सहमति गरेपछि दाहाल सरकार धरापमा परेको छ। कांग्रेससँगको सहमतिपछि एमालेले सरकारलाई दिएको समर्थन समर्थन फिर्ता लिइसकेको छ भने मन्त्रीहरुले पनि राजीनामा दिइसकेका छन्।

सरकारमा रहेका अन्य दलहरू दाहाल सरकारलाई दिएको समर्थन फिर्ता नलिएपनि दाहाल सरकार अल्पमतमा छ। कांग्रेस र एमालेले राजीनामा दिन सुझाए पनि प्रधानमन्त्री दाहाल भने आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै संसदबाट विश्वासको मत लिने पक्षमा छन्।

बिहीबार बिहान मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।

 

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्