समस्याग्रस्त २९ सहकारी सञ्चालक सहकारी छानबिन समितिले बोलायो
बिहीबार सिंहदरबारमा बसेको छानबिन समितिले समस्याग्रस्त २९ वटा सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भई छानविनमा सहयोग गर्न आग्रह गरेको छ।
काठमाडौं, असार २० : सहकारीको संस्थाको बचत अपचलनबारे छानविन गर्न गठीत संसदीय विशेष समितिले वटा समस्याग्रस्त २९ सहकारीका सञ्चालकलाई उपस्थित हुन निर्देशन दिएको छ।
समितिले अनुसूचिमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भइ अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो। सहकारीलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरिएको छ।
कानून अनुसार अनुसूचीमा रहेका २९ वटा सहकारी सञ्चालकलाई छानबिनमा सहयोग गर्न आग्रह गरिएको र उपस्थित नभए कानून बमोजिम कारबाही हुने समिति सभापति सुर्य थापाले बताए।
यस्तै, समितिले गृहसचिव, प्रहरी महानिरीषकलाई पनि शुक्रबारको बैठकमा उपस्थित भनेको छ।
समितिले बिहीबार महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितलाई बोलाएर छलफल गरेको उनले बताए।












