Kathmandu Press

फारार अभियुक्त समाउन बाँकेमा प्रहरीले चलायो गोली

प्रहरीले पक्राउ गरिसकेका सरदारलाई स्थानीयले खोसेर फिर्ता ल्याएपछि स्थानीय र प्रहरीबीच झडपको स्थिति बनेको थियो। त्यसपछि सरदारलाई पक्राउ गर्न प्रहरीले हवाइफायर गरेकाे थियाे।
फारार अभियुक्त समाउन बाँकेमा प्रहरीले चलायो गोली

बाँके, असार २० : चोरी मुद्दामा दोषी ठहरभइ ६ वर्ष जेल सजाय पाएपछि फरार रहेका व्यक्तिलाई पक्राउ गर्न बाँकेमा बिहीबार प्रहरीले गोली चलाएको छ।

बिहीबार बिहान ९ बजे डुडुवा गाउँपालिका–६ शिखनपरुवामा प्रहरीले गोली चलाएर अभियुक्त सरमानसिंह सरदारलाई पक्राउ गरेको हो।

Hardik ivf

सरदारलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासीले प्रतिवाद गरेपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो।

सरदारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोली बिहान साढे ८ बजे पुगेको थियो।

प्रहरीले पक्राउ गरिसकेका सरदारलाई स्थानीयले खोसेर फिर्ता ल्याएपछि स्थानीय र प्रहरीबीच झडपको स्थिति बनेको थियो। त्यसपछि सरदारलाई पक्राउ गर्न प्रहरीले हवाइफायर गरेकाे थियाे।

झडपका क्रममा एक जना प्रहरी कर्मचारीसहित तीन जना घाइते भएको बताइएको छ। प्रहरी चलाएको गोली लागेर स्थानीय ३० वर्षीय नानकसिंह शिख घाइते भएका छन् भने पक्राउ परेका सरदारलाई पनि गोली लागेको छ।

बाँके जिल्ला अदालतको २०७० असार १८ गते सरदारलाई चोरी मुद्दामा ६ वर्ष कैद र १२ हजार जरिवाना सुनाएको थियो।

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्