Kathmandu Press

उजुरीमाथि थप अध्ययन गर्नुपर्ने भएपछि निर्वाचन आयुक्तमा सिफारिस प्रधानको सुनुवाई स्थगित

बिहीबार उजुरीकर्तासँगको छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले शुक्रबार प्रधानको सुनुवाइ स्थगित गरिएको सुनुवाइ समितिका सदस्य एमाले सांसद महेश बर्तौलाले बताए।
उजुरीमाथि थप अध्ययन गर्नुपर्ने भएपछि निर्वाचन आयुक्तमा सिफारिस प्रधानको सुनुवाई स्थगित

काठमाडौं, असार २० : निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित भएको छ। शुक्रबारका लागि तय भएको प्रधानको संसदीय सुनुवाइ स्थगित भएको हो।

उजुरीकर्ताले उठाएका विषयमा थप अध्ययन गर्नुपर्ने भएपछि प्रधानको संसदीय सुनुवाई स्थगित गरिएको हो। समितिले सुनुवाईअघि िबहीबार उजुरीकर्तासँग छलफल गरेको थियो। प्रधानविरुद्ध ४ वटा उजुरी परेको छ।

Hardik ivf

आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। उनले प्रधानले आफूलाई यौन दुर्व्यवहार गरेको र प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै सुनुवाइ समितिमा उजुरी दिएकी थिइन्।

बिहीबार उजुरीकर्तासँगको छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले शुक्रबार प्रधानको सुनुवाइ स्थगित गरिएको सुनुवाइ समितिका सदस्य एमाले सांसद महेश बर्तौलाले बताए।

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्