Kathmandu Press

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने

विभागका अनुसार आज अपराह्न कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौं, असार २० : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने बताएको छ।

विभागका अनुसार आज अपराह्न कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Hardik ivf

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको जोखिम वा क्षतिबाट बच्न आग्रह गरेको छ।

भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्