Kathmandu Press

महामन्त्रीबाट निलम्बन भएपछि मुलुकले भने– कारबाहीमा परेपनि जनताको कुरा बोल्नुपर्छ, बोल्छु

‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा मलाई कारबाही भएको छ’, उनले लेखेका छन्, ‘जनताको पक्षमा बोल्नुपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा पार्टीले निलम्बन पत्र थमाएको छ।’
महामन्त्रीबाट निलम्बन भएपछि मुलुकले भने– कारबाहीमा परेपनि जनताको कुरा बोल्नुपर्छ, बोल्छु

काठमाडौं, असोज २० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई  अमर्यादित र अनुशासनहीन व्यवहार देखाएको बन्दै निलम्बन गरेको छ।

पार्टीले आफूलाई निलम्बन गरेपछि ढकालले जनताको कुराको बोल्दा कारबाहीमा परेको बताएका छन्। समाजिक सञ्जालमार्फत उनले पद गौण भएको र जनताका कुरा बोलिदिंदा कारबाही भए पनि बोल्नुपर्छ भन्ने लागेर आफूले बोल्दा आफू कारबाहीमा परेको बताएका छन्।

Hardik ivf

‘जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा मलाई कारबाही भएको छ’, उनले लेखेका छन्, ‘जनताको पक्षमा बोल्नुपर्छ, सत्य त्यही हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा पार्टीले निलम्बन पत्र थमाएको छ।’

साथै उनले सभापति रवि लामिछानेले देश बनाउँछन् भन्ने विश्वासमा परेर सभापतिका कतिपय कुरा गलत लाग्दा–लाग्दै पनि पार्टीमा लागू गरिदिएको पनि बताएका छन्।

‘दुई वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ। पेल्ने मान्छे म थिएँ वा केवल एक पात्रको रूपमा थिएँ र त्यसको पछाडि अरू कोही थियो भन्ने कुरा बुधबारको बैठकले छर्लङ्ग पारेको छ।’

रवि लामिछानेले सरकारमा पुगेपछिका कुराहरुका कारण आफूमा शंका उब्जिन थालेको उनले बताएका छन्। सरकारमा हुँदा प्रतिवेदनहरू लुकाएको देखेपछि आफू मिडियामा आउन बाध्य भएको उनले बताएका छन्।

प्रकाशित मिति: ११:१७ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्