Kathmandu Press

रास्वपा मन्त्रीहरू राजीनामा नदिई बालुवाटारबाट फर्किए

प्रधानमन्त्री दाहालले संवैधानिक अधकिारको प्रयोग गर्दै संसदलाई फेस गर्दै विश्वासको मत लिने र सहयोग गर्न भनेपछि आफ्ना मन्त्रीहरू राजीनामा नदिई फर्किएको रास्वपाले जनाएको छ।
रास्वपा मन्त्रीहरू राजीनामा नदिई बालुवाटारबाट फर्किए

काठमाडौं, असोज २० : राजीनामा बोलेर बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नबुझाई फर्किएका छन्।

बालुवाटरामा प्रधानमन्त्री पुष्पकमल दाहालसँग केहीबेर छलफल गरेपछि उनीहरू राजीनाम नबुझाई फर्किएका हुन्।

Hardik ivf

प्रधानमन्त्री दाहालले संवैधानिक अधकिारको प्रयोग गर्दै संसदलाई फेस गर्दै विश्वासको मत लिने र सहयोग गर्न भनेपछि आफ्ना मन्त्रीहरू राजीनामा नदिई फर्किएको रास्वपाले जनाएको छ।

छलफल पश्चात प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्ने कुरालाई समारात्मक रुपमा लिएको भन्दै विश्वासको मत लिने समयसम्म साथ दिने रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।

‘जस्तो अवस्थामा अर्को गठबन्धन बनाइएको छ त्यो खासै विश्वास गर्न लायकको छैन्। अहिले लोकतान्त्रिक विधि र पद्धतीमा संसदीय व्यवस्थालाई सम्मान गर्ने हो । अहिले जे अवस्था बनेको छ, त्यसमा राजीनामा दिने निर्णय नै हो। तर हिजोको साझेदारी मात्र होइन धेरै मुद्दमम एकै ठाँउमा थियौं,’ उलने भने, ‘प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्छु भन्दा हामीले त्यसलाई समारात्मक रुपमा लिनुपर्छ र यो काममा धेरै ढिला गर्नु हुँदैन्। त्यतिबेलासम्म हामी तपाइँलाई साथ दिन्छौ भनेर भनेका छौ।’

दाहाल सरकारमा रास्वपाका चार मन्त्री छन्। जसमा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन्।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र  नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउन सहमति भएपछि दाहाल सरकार संकटमा परेको हो।

दाहाल सरकारमा रहेको सबैभन्दा ठूलो दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने एमालेका मन्त्रीहरू बुधबार नै सामूहिक राजीनामा बुझाइसकेका छन्। योसँगै दाहाल सरकार अल्पमतमा परेको छ।

प्रकाशित मिति: ११:०५ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्