Kathmandu Press

पंचम अधिकारीको ‘प्रवासीको देश हुन्न’ लोकार्पण

कृतिबारे बोल्दै आख्यानकार पाण्डेले पंचमको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे । उनले भने, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामथ्र्य हो ।’
पंचम अधिकारीको ‘प्रवासीको देश हुन्न’ लोकार्पण

काठमाडौं, असार २० : वेल्जियम निवासी आख्यानकार पंचम अधिकारीको  कथासंग्रह  ‘प्रवासीको देश हुन्न’ लोकार्पण भएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, समीक्षक राजकुमार बानियाँ, सुमन वर्षालगायतले कृतिको लोकार्पण गरेका हुन् । 

कृतिबारे बोल्दै आख्यानकार पाण्डेले पंचमको कथासंग्रहलाई मानक मानेर नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्न सकिने धारणा राखे । उनले भने, ‘कथाको उठानदेखि बैठानसम्म सन्तुलन राख्ने खुबी नै अधिकारीको शक्ति र सामथ्र्य हो ।’

Hardik ivf

त्यस्तै, समीक्षक बानियाँले आफू हत्तपत्त कसैको प्रशंसा नगर्ने तर अधिकारीको कथासंग्रह पढेपछि प्रशंसा नगरी चुप बस्न नसकेको बताए । 

‘अधिकारीको काव्यशिल्प काव्यिक र बहुआयामिक छ’ उनले भने, ‘यसले नेपाली कथामा नयाँ स्वाद र शैलीको बिजारोपण गरेको छ ।’

त्यसैगरी समीक्षक वर्षाले प्रवासीको देश हुन्न भन्ने भाष्यलाई कृतिले स्वीकार नगरेको धारणा राखिन् । ‘अधिकारीका कथाले उत्तराधुनिक चेतना अँगालेका छन्,’ उनले भनिन्, ‘अतियथार्थवाद र जादुयी यथार्थवाद र अधिआख्यानको प्रयोग सफल छ ।’

यसअघि लेखकको ‘पथिक प्रवासन’ (२०६७) प्रकाशित छ ।  प्रवासीको देश हुन्न संग्रहमा १४ वटा कथा समावेश छन् । शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ ।

बेल्जियममा सक्रिय पूर्व सन्चारकर्मी अधिकारीले देश छाडेपछिको भोगाईहरुलाई कथाको विषय बनाएको बताए ।

प्रकाशित मिति: ०७:३७ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्