Kathmandu Press

रास्वपा महामन्त्री ढकाल निलम्बित

बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ ।
रास्वपा महामन्त्री ढकाल निलम्बित

काठमाडौं, असार २० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्रीएवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । 

बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ। बैठकले प्रवक्ताको जिम्मेवारी भने नेता मनिष झालाई दिएको छ।

Hardik ivf

रास्वपाले पार्टीको अनुशासन र विधिको पालना नगरेको महामन्त्री ढकाललाई सात दिनका लागि निलम्बन गरेको बैठकपछि सार्वजनिक निर्णयमा उल्लेख गरिएको छ।

महामन्त्री ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए । तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए।

ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको आरोप लगाउँदै आएका छन्।

रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा पनि उनले प्रश्न उठाएका छन्। उनले तयार पारेको प्रतिवेदन पार्टीले सार्वजनिक गर्न नमानेपछि उनले सभापतिप्रति आक्रोश व्यक्त गरेका हुन् । 
 

प्रकाशित मिति: ०७:१७ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्