Kathmandu Press

एमाले मन्त्रीहरूले दिए राजीनामा, प्रधानमन्त्री दाहाल अल्पमतमा

राजीनामा दिनुअघि एमालेका मन्त्रीहरूले बालकोट पुगेर अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए। उत्तैबाट उनीहरू बालुटार पुगेका थिए।
एमाले मन्त्रीहरूले दिए राजीनामा, प्रधानमन्त्री दाहाल अल्पमतमा

काठमाडौं, असार १९ : माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेृतत्वको सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्।

बुधबार साँझ बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन्।

Hardik ivf

संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति पछि एमालेका मन्त्रीहरूले राजीनामा दिएका हुन्। दुई दलबीचको सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्ने छ।

एमालेले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन आग्रह गरेको थियो। तर, प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिएका हुन्।

राजीनामा दिनुअघि एमालेका मन्त्रीहरूले बालकोट पुगेर अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए। उत्तैबाट उनीहरू बालुवाटार पुगेका थिए।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ।

प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वासको मतको सामना गर्ने माओवादीले निर्णय गरेपनि दाहाल भने असार २३ गते बस्ने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने मनस्थितिमा रहेका छन्।

प्रकाशित मिति: २०:४७ बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्