Kathmandu Press

विमानस्थलबाट विदेशी मुद्रासहित दम्पती पक्राउ

इन्डिगो एयरमार्फत दिल्ली जान लागेका भारतीयमूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र उनकी ६३ वर्षीया श्रीमती प्रतिमावेन जयन्तीभाइ लिम्बाचियालाई पक्राउ परेका हुन्।
विमानस्थलबाट विदेशी मुद्रासहित दम्पती पक्राउ

काठमाडौं, असार १९ : अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन्।

इन्डिगो एयरमार्फत दिल्ली जान लागेका भारतीयमूलका ७० वर्षीय अमेरिकी नागरिक जयन्तीभाइ गोर्धनभाइ लिम्बाचिया र उनकी ६३ वर्षीया श्रीमती प्रतिमावेन जयन्तीभाइ लिम्बाचियालाई पक्राउ परेका हुन्।

उनीहरुबाट प्रहरीले १९ हजार ५९ अमेरिकी डलर, आठ हजार नौ सय ६६ चिनियाँ युआन र ६० हजार दुई सय बरामद गरेको छ। उनीहरूलाई राजस्व अनुसन्धान विभाग चलान गरिएको छ।  

यसैबीच कीर्तिपुर नगरपालिका–६ जाल्पादेवी मन्दिर क्षेत्रबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने ३४ ग्राम ४० मिलिग्राम पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ।

प्रकाशित मिति: २०:३७ बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्