नौबिसे-नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने
दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना ९पूर्वी खण्ड०का सिनियर डिभिज्नन इञ्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए।
धादिङ, असार १९ : नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने भएको छ।
त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो।
दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना ९पूर्वी खण्ड०का सिनियर डिभिज्नन इञ्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए।
‘पुलको आरसिसी विम पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ। त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लरमा राख्नुपर्नेछ,’ इञ्जिनियर रिजालले भने, ‘नयाँ पुलमा मका गर्ने भए पनि पुरानो पुलसँगै रहेकाले आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सवारी रोकेर काम गर्न लागिएको हो।’
हेभी इक्पिमेन्टको प्रयोग भइरहँदा सवारीसाधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समयमा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्ण रुपमा रोकिने छ।
उक्त समयमा दुईपाङ्ग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के शीतापाइला सडक प्रयोग गर्न सक्नेछन्।












