Kathmandu Press

युरोकपको क्वाटरफाइनल समिकरण पूरा, टर्की र नेदरल्याण्ड्सको जित 

जर्मनीको लाइप्जिङगमा मंगलबार राति अबेर सम्पन्न खेलमा अष्ट्रियामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्कीले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
युरोकपको क्वाटरफाइनल समिकरण पूरा, टर्की र नेदरल्याण्ड्सको जित 

काठमाडौं, असार १९ : युरो कप २०२४ को क्वाटरफाइनल समिकरण पूरा भएको छ । मंगलबार  राति भएका २ वटा खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको हो । गएराति टर्कीले रोमानिया र नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरे ।

जर्मनीको लाइप्जिङगमा मंगलबार राति अबेर सम्पन्न खेलमा अष्ट्रियामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्कीले अन्तिम आठमा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । यता अष्ट्रियाका लागिमाइकल ग्रेगोरिस्चले फर्काएको गोल सान्त्वनामा परिणत भयो । खेलको पहिलो मिनेटमै डेमिरलले गोल गर्पछि टर्कीले पहिलो सुरुमै अग्रता लिएको थियो ।

५९औँ मिनेटमा पुनःडेमिरलले गोल गरेपछि टर्की खेलमा २–० ले अघि बढेको थियो । तर, ६६ औं मिनेटमा माइकलले अष्ट्रियाका लागि गोल गरेपछि खेल २–१ को अबस्थामा ल्याए । त्यसपछि अष्ट्रियाले लगातार पोष्टमा आक्रमण गरे पनि अन्ततःगोल गर्न नसक्दा टर्कीले २–१ को नतिजा आत्मसाथ गर्दा अष्ट्रिया भने अघि बढ्न सकेन । 

यस्तै, अर्को खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।  एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमा अन्तिम आठमा पुगेको हो । नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २० औं मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । उनले जावी सिमोन्सको पासमा गोल गरे ।

६३ औं मिनेटमा उनले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले अफसाइड देखाइदिँदा मान्यता पाउन सकेन । ८३ औं मिनेटमा उनकै पामा डोनिएलमालेनले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले नै व्यक्तित दोस्रो र टोलीको लागि तेस्रो गोल गर्दे नेदरल्यान्ड्सलाई जित दिलाए । अब शुक्रबार र शनिबार क्वाटरफाइनलका खेलहरु हुने छन् । जसमा स्पेन र जर्मनी भिड्दा पोर्चुगल र फ्रान्स आमने सामने हुने छन् । यसैगरी इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड भिड्दा अन्तिम क्वाटरफाइनलमा टर्की र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्ने छन् ।
 

प्रकाशित मिति: ०८:१२ बजे, बुधबार, असार १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्