Kathmandu Press

‘कांग्रेस–एमाले मिलेर सरकार बनाउनु स्वागतयोग्य’

‘अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार बाहिर आइराखेको छ। त्यो सहमतिको मुख्य बुँदा भनेको संविधान संशोधन हो,’ अध्यक्ष लिङ्देनले भने, ‘संविधान संशोधन गर्न पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो, त्यसलाई हामीले प्रारम्भिक रूपमा स्वागतयोग्य विषय मानेका छौं।’
‘कांग्रेस–एमाले मिलेर सरकार बनाउनु स्वागतयोग्य’

काठमाडौं, असार १८ : संसदका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने कुरा स्वागतयोग्य भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनाएको छ।

मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारीको आकस्मि बैठकले कांग्रेस र एमालेबीच भएको नयाँ सरकार बनाउने सहमतिको स्वागत गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य भएको बताए।

‘अहिले कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार बाहिर आइराखेको छ। त्यो सहमतिको मुख्य बुँदा भनेको संविधान संशोधन हो,’ अध्यक्ष लिङ्देनले भने, ‘संविधान संशोधन गर्न पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो, त्यसलाई हामीले प्रारम्भिक रूपमा स्वागतयोग्य विषय मानेका छौं।’

अहिलेको संविधानले काम गर्दैन भनेर राप्रपाले पहिलेदेखि नै भन्दै आएको पनि लिङ्देनले बताए। संविधान के–केमा संशोधन, प्रक्रिया के हुने भन्ने विषयमा छलफल हुनेपर्ने बताए।

‘यही संविधानबाट अघि जान सकिन्न भन्नेमा मुख्य दलहरू सहमत देखिएको छ,’ उनले भने, ‘संविधान के–केमा संशोधन गर्ने, यसका प्रक्रिया के हुन्छन्, यसले कस्तो स्वरूप लिन्छ, समय थुप्रै छ। यसलाई हामीले होसियारीपूर्वक हेर्ने र आफ्ना धारणा बनाउने कुरा छ।’

यद्यपि दुई दलबीचको समझदारी कसरी अगाडि बढ्छ र संविधान संशोधनको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय प्रतीक्षामा रहेको लिङ्देनले बताए । दुई दलबीचको सहमतिले ठोस आकार ग्रहण गरेपछि मात्र आफूहरुले यस विषयमा धारणा बनाउने उनको भनाइ छ ।

प्रकाशित मिति: १७:३६ बजे, मंगलबार, असार १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्