Kathmandu Press

सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संखुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त
Hardik ivf

काठमाडौं, असार १८ : प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संखुवासभाका अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

‘राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई संघीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १७:२७ बजे, मंगलबार, असार १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्