उतारचढावबीच नेप्से परिसूचक ४७.०४ अंकले बढ्यो
आज सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन तीन दशमलव ३०, व्यापार तीन दशमलव १२ र बैंकिङ तीन दशमलव ०३ प्रतिशतले बढेको छ।काठमाडौं, असार १८ :
सेयर कारोबार मापक नेप्से परिसुचक ४७ अंकले बढेको छ।
आज २।२९ प्रतिशतले बढेको सेयर बजार २१ सय दशमलव ४३ विन्दुमा पुगेर रोकिएको हो। आज बजार खुलेको केही मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेकरमार्फत २० मिनेटका लागि कारोबार रोकिएको थियो।
फेरि २० मिनेटपछि खुलेको सेयर बजार ५ प्रतिशतले बढेको थियो। दोस्रो घण्टामा ५ प्रतिशतले बजार बढेपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो।
खुलेको बजार ६ प्रतिशतले बढेको खण्डमा तेस्रो सर्किट ब्रेकरमार्फत आजका लागि कारोबार बन्द हुने थियो। बजार नबढ्दा दिनभर कारोबार भयो।
आज १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता सेयर किनबेच भएको छ। आज कुल ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको हो । सबै उपसमूहहरु बढ्यो। त्यसमध्ये सबैभन्दा बढी निर्जिवन बिमा २५३.९९ अंकले बढ्यो।
जीवन बिमा २१३.३६ अंक र उत्पादन तथा प्रशोधन २०९.८० अंकले बढ्यो।
आज कुल २२७ कम्पनीको सेयर मूल्य बढ्यो भने १७ कम्पनीको सेयर मूल्य घट्यो। ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। आज हिमालय डिस्टिलरीको सेयर मूल्य ८.५४ प्रतिशतले बढ्यो । समाज लघुवित्त वित्तीय संस्थाको मूल्य ६।९६ प्रतिशतले बढ्यो।
उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.४६ प्रतिशतले घट्यो ।