Kathmandu Press

‘गिरिजाबाबुले प्रजातन्त्र मात्र फर्काउनु भएन गणतन्त्र समेत ल्याउनुभयो’

उनले कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील रहेको भन्दै उनले गर्दा नै देशमा गणतन्त्र आएको बताए।
‘गिरिजाबाबुले प्रजातन्त्र मात्र फर्काउनु भएन गणतन्त्र समेत ल्याउनुभयो’

काठमाडौं, असार १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाबाबु नभएको भए देशमा राजनीतिक परिवर्तन र गणतन्त्र केही नहुने बताएका छन्।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित गिरिजाप्रसाद कोरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील रहेको भन्दै उनले गर्दा नै देशमा गणतन्त्र आएको बताए।

Hardik ivf

‘गिरिजाबाबु नभएको देशमा राजनीतिक परिवर्तन, गणतन्त्र केही पनि हुँदैनथियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीति, प्रजातन्त्रमा अत्यन्तै क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्वका कारणले नेपालमा प्रजातन्त्र आएको हो,’ उनले भने, ‘मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हुँ। ०२८ सालमा उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हुँ।’

उनले गरेको योगदान र प्राप्त गरेको उपलब्धीहरु बयान गर्न नसकिने पनि उनको भनाई छ। कोइराला कहिल्यै नथाक्ने मान्छे भएको उनले बताए।

‘नेपालमा प्रजातान्त्रिक आन्दोलन पनि २००७ सालदेखि नै लड्दै आउनु भएको थियो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो,’ सभापति देउवाले भने, ‘उहाँले गर्नु भएको योगदान, लड्नु भएको लडाइँ, प्राप्त गर्नुभएको उपलब्धी छोटो कुरा गरेर सकिँदैन। उहाँले प्रजातन्त्रको लागि लड्दा लड्दा गणतन्त्र समेत ल्याउनुभयो।’

कांग्रेसले गिरिजाप्रसाद कोइराला (गिरिजाबाबु)को शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरेको हो।

 

प्रकाशित मिति: १६:२७ बजे, मंगलबार, असार १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्