Kathmandu Press

सहकारी क्षेत्रको समस्याबारे समितिले प्रमुख दलसँग सुझाव लिने

मंगलबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो। सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि राजनीतिक दलहरूको सुझाव महत्वपूर्ण हुने समितिले जनाएको छ।
सहकारी क्षेत्रको समस्याबारे समितिले प्रमुख दलसँग सुझाव लिने
फाइल तस्बिर।

काठमाडौं, असार १६ : सहकारी संस्था बचत रकम दुरुपयोगबारे सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रको समस्या समाधानका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग सुझाव लिने निर्णय गरेको छ।

मंगलबार बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो। सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि राजनीतिक दलहरूको सुझाव महत्वपूर्ण हुने समितिले जनाएको छ।

Hardik ivf

समितिले प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त दललाई सुझावका लागि पत्रचार गर्ने भएको छ।

सहकारी संस्था बचत रकम दुरुपयोगबारे सत्यतथ्य पत्ता लगाउन एमाले सांसद सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते संसदीय छानबिन विशेष समिति समिति गठन भएको थियो।

बैठकमा राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारी र कर्मचारीसँग सहकारीसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, असार १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्