Kathmandu Press

‘एमालेसँग सहकार्य गणतन्त्रलाई बलियो बनाउन हो’

नेता निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरुसमेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए।
‘एमालेसँग सहकार्य गणतन्त्रलाई बलियो बनाउन हो’

मोरङ, असार १८ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सघीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा एमालेले सहकार्य गरेको बताएका छन्।

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटमा उनले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताए।

Hardik ivf

नेता निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरुसमेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

‘राजनीतिक अस्थितरता र जनतामा रहेको निराशा अन्त्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ। प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रणाली राख्ने वा नराख्ने विषयमा छलफल सुरु भएको छ, त्यसलाई बहृत छलफल गरी निष्कर्षमा पुराउनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘संविधान संशोधन गरी धेरै विषयलाई थप बलियो बनाउन दलहरुबीच सहकार्य जारी राख्नुपर्छ।’

प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, असार १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्