असार २० र २१ गते प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ हुने
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र उनको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो।
काठमडौं, असार १८ : प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते हुने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानमाथिको उजुरी र उनको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरेको हो।
बैठकमा समितिका सभापति पशुपति शमशेर जबराले संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावित व्यक्तिमाथिको सुनुवाइ गर्ने सम्बन्धमा समितिले सचिवालयको तर्फबाट प्रस्तावित मिति परिमार्जनसहित पारित गरिएको जानकारी दिए।
उनले भने, ‘सचिवालयबाट तयार गरिएको प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’
गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानून समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उनीमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो।
निर्वाचन पर्यवेक्षकका रूपमा समेत काम गरिसकेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)