Kathmandu Press

उपसभामुख राना र सांसद सुहाङ नेम्वाङ चीन भ्रमणमा

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशनमा भाग लिन अपरान्ह १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकी हुन्।
उपसभामुख राना र सांसद सुहाङ नेम्वाङ चीन भ्रमणमा

काठमाडौं, असार १८ : उपसभामुख इन्दिरा राना सातदिने औपचारिक भ्रमणका लागि आज(मंगलबार) चीन प्रस्थान गरेकी छिन्।

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशनमा भाग लिन अपरान्ह १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकी हुन्।

उनले उक्त फोरममा प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमण दलमा प्रतिनिधीसभाका सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकिय सचिव कुमार नेपाली पनि सहभागी छन्।

फोरममा हिमाली क्षेत्रका यातयात, कृषि तथा औधोगिक क्षेत्रका साझा मुद्दाका बारेमा बहस हुनेछ। उपसभामुख राना असार २४ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, असार १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्