Kathmandu Press

सानेपामा ओलीलाई कांग्रेस सभापति देउवाको स्वागत

नेपाली कांग्रेसद्वारा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनी अवलोकनका लागि ओली पार्टी कार्यालय सानेपा पुगेका हुन्।
सानेपामा ओलीलाई कांग्रेस सभापति देउवाको स्वागत

काठमाडौं, असार १६ : स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले आयोजना गरेको फोटो प्रदर्शनी अवलोकनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सानेपा पुगेका छन्।

नेपाली कांग्रेसद्वारा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनी अवलोकनका लागि ओली पार्टी कार्यालय सानेपा पुगेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई स्वागत गर्दै फोटो प्रदर्शनीको अवलोकन गराएका छन्।

Hardik ivf

oli-1719909839.jpg

फोटो अवलोकनपछि ओलीले सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन कुमार थापा लगायत कांग्रेसका नेतासँग ओलीले छलफल गरेका थिए।

यसअघि प्रधानमन्त्री पुक्ष्पकमल दाहाल पनि फोटो प्रदर्शनीमा सहभागी भएका थिए।

congress3-1719909889.jpg

प्रकाशित मिति: १४:३० बजे, मंगलबार, असार १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्