अहिले प्रतिपक्षमा रहेका दललाई कांग्रेसले छलफलमा बोलायो
बैठकमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति बनेपछि राष्ट्रिय सरकारमा सहभागी हुन आग्रह गरिने भएको छ।
काठमाडौं, असार १६ : नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूसँग छलफल गर्ने भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ प्रतिपक्ष दलको बैठक बोलाएका हुन्। देउवा निवास बूढानीलकण्ठमा बस्ने गरि बैठक डाकिएको हो।
बैठकमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति बनेपछि राष्ट्रिय सरकारमा सहभागी हुन आग्रह गरिने भएको छ।
छलफलका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दललाई बैठकमा बोलाएको जनाइएको छ।
प्रकाशित मिति: १३:४१ बजे, मंगलबार, असार १८, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)