गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाइ हुँदै
जेठ २८ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सहकारी ठगीमा लामिछानेविरुद्धको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको थियो।
काठमाडौं, असार १८ : गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गरिएको रिटमा सुनुवाइ सुरू भएको छ। सहकारीको रकम अपचलनको आरोपमा लामिछाने विरुद्ध सर्वाेच्च अदालतमा मुद्धा दायर गरिएको थियो।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको संयुक्त इजलासले रिटमाथि आज सुनुवाइ हुन लागेको हो। यसअघि असार ७ गते रिट 'हेर्दा हेर्दै'मा राखिएको थियो।
गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए।
जेठ २८ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सहकारी ठगीमा लामिछानेविरुद्धको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको थियो।
महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा कुनै पनि उजुरी नपरेको भन्दै पत्र पठाएपछि अधिवक्ता भट्टराईले महान्यायाधिवक्ताको कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाएर सर्वाेच्चमा मुद्धा दायर गरिएको हा ।
महान्यायाधिवक्ताको कार्यालयले रुपन्देहीको सुप्रिप बचत तथा ऋण सहकारी संस्था, चितवनको साहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी लामिछानेविरुद्ध कुनै जाहेरी र अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको जानकारी गराएको थियो।









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)